बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातबाट निधन

काठमाडौँ, १७ भदौ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए । उनले टेलिशृंखला बबुलका आगन छुटे ना जाने पेहेचाने से ये अजनवी, लभ यु जिन्दगीमा अभिनय गरेका थिए । तर बालिका बधुुबाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस–१३ बाहेक उनी ,झलक दिखलाजा–६ु, –फियर फ्याक्टर खत्रोंका खिलाडी ७ मा पनि सहभागी भएका थिए । उनले सन् २०१४ मा हम्टी शर्माकी दुल्हनियाँ मा साहयक अभिनेताको भूमिका गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board