किनमेल गरेर फर्कदै गर्दा दाङमा बाढीले गाडी बगायो, २ जनाको मृत्यु

काठमाडौं, १७ भदौ । दाङमा बाढीले जीप बगाउँदा २ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना महिलालाई बाढीले बेपत्ता बनाएको छ । चालकको प्रहरीले उद्धार गरेको छ ।भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर रहेको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । राधा र शुसीला घोराही उपमहानगरपालिका-१६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् ।

घटनामा घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ । दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति