काठमाडौं, १६ भदौ । नेपाल भारत महिला मैत्री समाजले पर्सा जिल्लाका बाढी पहिरो पीडितलाई राहत सामग्री बितरण गरेको छ । बुधबार बिरगंज स्थित भारतिय बाणिज्य दूतावासमा आयोजित कार्यक्रमकाबीच जिल्लाका विभिन्न ४ स्थानीय तहका करिव १०० पीडित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बाढी पहिरो पीडितलाई सहयोग गरेकोमा नेपाली जनताको तर्फबाट अध्यक्ष चन्दा चौधरीले धन्यवाद ज्ञापन गर्दै नेपाल भारत सम्वन्ध जनस्तरमा कहिले पनि कमजोर नहुने विश्वास ब्यक्त गर्दै कसैले चाहेर पनि कमजोर नहुने बताइन । उनले भनिन, नेपाल भारतको संम्वन्ध द सुु ख खको संम्वन्ध हो ।
यो राजनीतिक स्तरमा भन्दा कैयौं गुणा जनस्तरमा दुई देशका जनताबिच बलियो सम्वन्ध छ । पर्सा जिल्लाको जनगरनाथपुर गाउँपालिकाका ४१ घर धुरी, जिराभवानी गाउँपालिकाका २४ घर धुरी, बिरगंज महानगरपालिकाका १६ र पर्सागढि नगरपालिकाका १६ बाढी पहिरो पीडित प्रत्येक परिवारलाई टेन्ट, सुकुल, ठूलो, सानो, मझौला किसिमको लगभग ३५ लाख भन्दाबढी मुल्य पर्ने सामग्री प्रदान गरिएको छ । भारत सरकारको सहयोगबाट प्राप्त राहत सामग्री समाजकि अध्यक्ष तथा संघिय सांसद चन्दा चोधरीको अध्यक्षता र भारत बाणिज्य दूतावासका महाबाणिज्य दुत नितेश कुमार, पोलिटिक कन्सुलर शैलेन्द्र कुमार, कंसुलर शशी भुषणको बिशेष उपस्थितमा बितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण युवा अभियन्ता ओ म प्रकाश सरराफले गरेका थिए । साथै, कार्यक्रममा विभिन्न स्थानिय तहका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, जिल्ला रेडक्रसका प्रतिनिधी, नेपाल पत्रकार महासंघ पर्सा जिल्लाका प्रतिनिधिको समुस्थितीमा बितरण गरिएको थियो ।
प्रतिक्रिया