५ महिनादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो , के के खुल्यो ? (सूचिसहित)

काठमाडौँ, १६भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्।

ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्। निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं। स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं, उनले भने।बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो आदेश जारी गरेका हुन्।

यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पाइदैन थियो। अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ। ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति