काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरे – मन्त्री खनाल

काठमाडौं, १६ भदौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस)पार्टी रोज्दै सनाखत गरेका थिए ।

उनले भने, मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए । खनाल नेकपा (एस)का केन्द्रीय सदस्यसमेत हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति