दार्चुला तुइन घटना : छानबिन समितिले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

काठमाडौँ, १५ भदौ । दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानुनी जलिटला रहेको विषय समेटिएको उच्च स्रोतले जनाएको छ । यस सम्बन्धी संक्षिप्त बेहोरासहितको विवरण केही बेरमा सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जवानले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति