अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनमा जोडः उपाध्यक्ष दाहाल

काठमाडौँ, १५ भदौ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताएका छन् ।


राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उनले कतिपय सन्दर्भमा निर्माण भएका कानुन प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताए । उपाध्यक्ष दाहालले कोरोना महामारीका कारण शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति थप समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरे। संस्थाका अध्यक्ष मित्रलाल शर्माले यस क्षेत्रलाई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकरुपमा अब्बल बनाउन एक अर्कालाई सम्मान गर्दै सबै अपाङ्ग व्यक्ति एकीकृत हुनुपर्नेमा जोड दिए । महासङ्घका महासचिव राजु बस्नेतले उक्त संस्थामा सबै प्रकारका अशक्त व्यक्तिलाई आवद्ध गराउनुपर्नेमा जोड दिएका छन् ।


संस्थाका पूर्वअध्यक्ष सुशीला पौडेलले सरकारले अपाङ्ग भएका व्यक्तिलाई तेस्रो दर्जाका नागरिकको रुपमा हेरेको गुनासो गरे । कार्यक्रममा महासङ्घका छ जना पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले सन् २०११ मा प्रकाशन गरेको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनले विश्वका कूल जनसङ्ख्यामध्ये १० देखि १५ प्रतिशत कुनै न कुनै रुपमा अपाङ्ग रहेका छन् । त्यसैगरी नेपालको पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत व्यक्ति अपाङ्ग रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति