काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा उनीपक्षका नेताहरूको छलफल भएको छ। कांग्रेसको १४ औं महाधिवेशनमा उठ्ने सर्वसम्मत सभापतिको उम्मेदवार खोजीका लागि पौडेल पक्षका नेताहरूबीच यसअघि नि पटकपटक छलफल हुँदै आएको छ।पौडेलको सचिवालयका अनुसार छलफलमा भाग लिन मंगलबार दिउँसो पौडेल निवास बोहराटारमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पुगेका छन्। उनीहरू सभापतिका लागि आकांक्षी छन्।अरू नेताहरूलाई पनि बैठकमा बोलाइएको छ। पौडेलले भदौ १८ गतेअगाडि नै सभापतिका लागि आफ्नो टिमबाट उम्मेदवार चयन गरी एकताको सन्देश दिने बताइरहेका छन्।
पौडेलको निवास बोहराटारमा नेताहरूको छलफल
प्रतिक्रिया