अध्यक्षविना घोषणा गर्न लागेको वाइसिएल केन्द्रीय समिति कस्तो होला ?


काठमाडौँ, १५ भदौ ।  माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले केन्द्रयि समिति घोषणा गर्दै छ। तर अध्यक्ष चन्न नसकेको वाइसिएलले अध्यक्षविनै नयाँ केन्द्रीय समिति घोषणा गर्न लागेको हो। वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन्।सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् । तर हाल सम्म सहमति बन्न नसकेपछि राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा गर्ने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ९दीपशिखा०ले जानकारी दिए। सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति