खोप लगाउन नपाएको भन्दै युवाद्वारा विरोध प्रदर्शन

काठमाडौ,१५ भदौ । वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।
उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिन पनि माग गरेका छन् । अस्पतालले खोपका लागि टोकन दिए पनि खोप नपाए पछि टोकनसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।उनीहरुले केही दिनयता खोपको लागि धाइरहँदा पनि खोप नपाएको गुनासो गरेका छन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरे पनि सरकारले कामका लागि विदेश जानेहरुका लागि बेवास्ता गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति