गठबन्धन बैठकमा छलफलः बजेटमा समाजवादको झल्को आउनुपर्छ

काठमाडौं, १४ भदौ । पाँच दलीय गठबन्धन बैठकमा नेताहरुले समाजवादको झल्को आउने गरी बजेट बनाउनुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटको तयारीबारे छलफल गर्न बोलाएको बैठकमा अधिकांश नेताहरुले गठबन्धनमा अबद्ध सबै दलको नाममा समाजवाद जोडिएकाले बजेटमा समाजवाद छुटाउन नहुने सुझाव दिएका हुन्। ‘हामी सबैको पार्टी समाजवादी हो भने त समाजवादको झल्को आउने गरी बजेट ल्याउनुपर्यो भनेर सुझाव दिएका छौँ’, संघीय समाजवादीका डा. बाबुराम भट्टराईले भने, ‘त्यसैले त्यसको प्रतिबिम्ब बजेटम आउनुपर्छ भन्ने हाम्रो जोड हो।’ डा भट्टराईले अघिल्लो बजेट उटपट्याङ बजेट भएकाले अब सरकारले बजेट ल्याउँदा वस्तुवादी र यथार्थपरक बजेट ल्याउनुपर्ने समेत दावी गरे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बजेटले नागरिकको समस्या सम्बोधन गर्नुपर्ने भएकाले अघिल्लो बजेट परिमार्जन गर्नुपर्ने बताए। बैठकमा उपस्थित सबै नेताहरुले बजेट संसदबाटै ल्याउनुपर्नेमा जोड दिएका थिए। संसद बोलाएको ६० दिनमा अध्यादेश पारित नभए त्यसको औचित्य नहुने भएकाले आउँदो ३० गतेअघि नै बजेटबारे टुंगो लगाउनुपर्ने भन्दै सरकारले गठबन्धनको बैठक बोलाएको हो। अब बजेट प्रतिस्थापन विधेयक या पूरक बजेटमामार्फत ल्याउनुपर्ने भएता पनि त्यो के गर्ने भन्नेबारे भने गठबन्धन बैठकमा छलफल नभएको नेता पौडेलले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति