किन बुझेनन् सन्तोष पन्तले बिक्कीको ‘प्यान्टोमाइम’ प्रस्तुती ?

काठमाडौं, १३ भदौ । अहिले ‘कमेडी च्याम्पियन सिजन २’ को निकै चर्चा छ । शनिवार प्रसारण भएको कमेडी च्याम्पियनको एपिसोडमा दुई फरक प्रस्तुती भए ।ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् । पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको प्रस्तुति उत्कृष्ट थियो ।

सुरुवातदेखि निकै चर्चामा आएका भरतमणिले पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएपछि धेरैले मनपराएका छन् । यस्तै कमेडियन बिक्की अग्रवालले दिएको प्रस्तुति भने धेरै फरक थियो । बिक्कीले प्यान्टोमाइम गरेका थिए ।प्रतिस्पर्धाको अन्तिममा आएर बिक्कीले प्यान्टोमाइमको प्रस्तुती दिदा कोही हासेनन् । उनको प्रस्तुती रमाइलो नै थियो ।

उनको प्रस्तुतीपछि सबै ३ जजले राम्रो प्रशंसा गरे । तर जज सन्तोष पन्तले प्रस्तुती खासै राम्रो नभएको बताए । उनले प्रस्तुति नेपाली समाजमा नपच्ने बताए ।प्रोत्साहन गर्नु पर्ने ठाउँमा यस्तो खाले अभिव्यक्ति दिएको भन्दै अहिले सामाजिक सञ्जालमा जज पन्तको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा धेरैले जज पन्तको खिल्ली उडाइरहेका छन् । एक भन्छन् – ‘कुनै कुनै कला जजले बुजदैनन् तर दर्शकले खुल्ला दिलले स्वागत गर्छन,वधाई छ विक्कि नेपाली कमेडिको स्वाद वदलन लाग्नु भएकोमा’ यस्तै अर्का भन्छन् – ‘बुझ्नेलाई श्रीखन्ड, नबुझ्नेलाई खुर्पाको बिड।’ अर्का एक भन्छन् – ‘पेन्टोमाइम नै नबुझ्ने कस्तो जज राखेको होला यो कमेडी च्याम्पियनले त्यही पुरातनवादीमा रहेका सन्तोष पन्त कि गन्त परिवर्तनलाई स्वीकार गर्न नसक्ने ‘

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board