होटल डल्फिनमा बन्धक बनाए १० दिनसम्म बलात्कार

काठमाडौं, १३ भदौ । १५ वर्षीया किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले मालिका गाउँपालिका ५ बस्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
१० दिनसम्म होटल फेरेर समेत आफु माथि बलात्कार गरेको पीडितको उजुरी पछि प्रहरीले आरोपित युवालाई पक्राउ गरी कारवाही शुरु गरेको प्रहरीले जनाएको छ । यता कञ्चनपुरमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ जाँई बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति