संसदीय दल गठन गर्न एकीकृत समाजवादी पार्टीको बैठक सुरु

काठमाडौं, १३ भदौ । माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टी संसदीय दल गठन गर्न बैठक बसेको छ । आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदहरुको बैठक जारी रहेको छ ।त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने नेताहरुले बताएका छन् । यस्तै बैठकले दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति