काठमाडौं, १३ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन शिर्षनेताहरुवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल भैरहेको छ ।कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे यसअघि नै निर्णय भैसकेको भए पनि कुन कुन मन्त्रालय कसको भागमा पर्ने भन्नेबारे औपचारिक निर्णय भैसकेको छैन ।तीन नेताबीचको आजको छलफलले यस विषयमा पनि निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल भारतबाट फर्केपछि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताएका थिए ।देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सर्वत्र आलोचना चुलिएको छ ।
बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
प्रतिक्रिया