पाल्पामा घर भत्किएर एक जनाको ज्यान गयो : दर्जन बढी सडकहरु अवरुद्ध

पाल्पा, १३ भदौ । पाल्पा, जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो । दर्जीको १ तले ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडीको गारो अचानक भत्किन गई बालिकालाई च्यापेको थियो ।

गारोले च्यापिएर घाइते भएकी उनको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरुमा पहिरो गएर सिद्धाथ राजमार्ग सहित अन्य दर्जन बढी सडकहरु अवरुद्ध बनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति