दुई–दुई ओटा पार्टी दर्ता गराउने दोस्रो पुस्ताका नेताहरु पोल यसरी खोले माधव नेपाल

काठमाडौं, १२ भदौ । । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् ।
उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी छ ।
पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले अर्को पार्टी बनाइराखौं, कुनै बेला घोषणा गर्नुपर्छ भनेर पार्टी दर्ता गराएको बताएका हुन् ।उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत । कलम चुनाव चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन् । नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता भएको छ । दोस्रो पुस्ताकै नेताले खोलेका हुन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति