एमसीसी मुलुकलाई जरुरी छ : सरकारका प्रवक्ता

काठमाडौँ, १२ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजना मुलुकलाई जरुरी रहेको बताएका छन्। एमसीसी एक विकास परियोजना भएकाले उनले देशको लागि सो परियोजनाको आवश्यकता भएको बताउँदै सो सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताएका हुन्

सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि विराटनगर पुगेका उनले सञ्चाकर्मीसँग कुरा गर्दै आवश्यकता र बाध्यताले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको समेत बताए। उनले आगामी संसद अधिवेशनमा यसबारे छलफल हुने जानकारी गराए।

सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने पनि बताए। त्यस निम्ति गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको उनको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति