काठमाडौँ, १२ भदौ । नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन्। निर्वाचन आयोगले शुक्रबार नेकपा ९एस० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो।
पत्र प्राप्त भएपछि यी दुई पार्टीलाई पनि अन्य पार्टीको जस्तै सुविधा दिने तयारी भएको सचिवालयले जनाएको छ। अब यी दुई दलले पनि एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले जस्तै संसद् बैठकमा, संसदीय दलको कार्यालय, प्रमुख सचेतकलाई इन्धनसहितको गाडी सुविधा पाउनेछन्। संसद्मा अब राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका दलको सुविधा पाउनेको संख्या ६ पुगेको छ। दल विभाजन वा पुनर्गठनले कुनै चलिरहेको दलको आन्तरिक जीवनमा मात्र प्रभाव पार्दैन, राज्यको आर्थिक स्रोत साधनमा पनि त्यसको भार थपिन्छ ।
संसद्मा १४ जना एमाले सांसदलाई कारबाहीको पत्र आए पनि उनीहरूलाई सभामुखले कारबाही गरेको सूचना जारी नगर्दै संसद् सचिवालयले निर्वाचन आयोगको पत्रबमोजिम नयाँ पार्टीलाई स्थान दिन लागेको हो। एमाले विभाजन भई नेकपा (एस) र जसपा विभाजन भई लोसपा बनेका हुन्।
समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा बने पनि उनीहरूले संसदीय दलका कार्यालय भने फरकफरक प्रयोग गर्दै आएका थिए। त्यसैले लोसपा संसदीय दलका लागि नयाँ कार्यालय आवश्यक छैन। यसअघि राष्ट्रिय जनता पार्टीले प्रयोग गर्दै आएको कार्यलय नै लोसपाले प्रयोग गर्ने भएको हो। नेकपा (एस) संसदीय दलको कार्यालयका लागि संघीय संसद् सचिवालयको भवन नं। १ को दोस्रो तलामा व्यवस्था मिलाइएको छ। निर्वाचन आयोगमा भदौ ९ गते गरिएको सनाखतअनुसार नेकपा ९एस० का प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ सांसद छन्। लोसपाका प्रतिनिधिसभामा १३ र राष्ट्रियसभामा एक सांसद छन्।
प्रतिक्रिया