एमाले विभाजनको असर : सुदूरपश्चिममा कसको पडक कति ?

काठमाडौं, ११ भदौ ।  लामो आन्तरिक विवाद र रस्साकस्सी पश्चात नेकपा एमाले अन्ततः विभाजित भएको छ । नेकपा एमाले विभाजित भएर माधव नेपाल नेतृत्वमा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी बने पछि नेताहरुका बिचमा कुन कित्तामा पल्लाभारी हुन्छ भन्ने हिसाब किताब सुरु भएको छ । यो एमाले र विभाजित वृत्तमा त प्रतिष्ठानको विषय छ नै, अन्य दलका नेता, कार्यकतालाई पनि यस विषयमा स्वभाविक चासो देखिएको छ । देशमा नयाँ संघीय अभ्यास सँगै तीन तहको पहिलो पटक भएको निर्वाचनबाट पहिलो पार्टी बनेको एमाले विभाजन हुँदा नेपाल नेतृत्वको पार्टी संसदको चौथो ठुलो दल बनेको छ ।

नेकपा (एमाले) विभाजनसँगै सुदूरपश्चिमका नेताहरू पुरानै पार्टीमा रहने कि नेकपा (एकीकृत समाजवादी)मा जाने भनेर छलफलमा जुटेका छन्। केहीले माधवकुमार नेपाललाई साथ दिएका छन् भने केहीले साथ छाडेका छन्। बैतडीका अध्यक्ष सुरेन्द्र पाल र सचिव लीलाधर भट्ट एमालेमै छन्। उनीहरू यसअघि पनि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा थिए।

कैलालीका अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ र अछामका अध्यक्ष शेरबहादुर कुँवर एमाले छोडेर नयाँ पार्टी एकीकृत समाजवादीमा लागेका छन्। अन्य जिल्लाका नेतृत्वमा ‘पर्ख र हेर’को रणनीति छ।

एमाले केन्द्रीय सदस्य तथा प्रदेश सचिव राजेन्द्र रावलले सुदूरपश्चिममा आफूहरूको बाहुल्य रहेको दाबी गरे।

२६१ सदस्यीय एमाले केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २५ जना छन्। उनीहरूमध्ये नेपाल पक्षमा ६ जना मात्रै खुलेका छन्। गरिमा शाह, प्रेम आले, निरा जैरू, रामकुमार ज्ञवाली, विक्रम शाही र भानुभक्त जैसी एकीकृत समाजवादी गएका छन्।


अन्य केन्द्रीय सदस्यहरू लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, गौरीशंकर चौधरी, झपट बोहरा, लीला भण्डारी, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरू पाल, गौरी ओली, भीम रावल र भैरव सिंह बसेका छन्।

प्रदेश सभामा नेपालको पकड

५२ सदस्यीय प्रदेश सभामा सभामुख बाहेक एमालेका २४ जना छन्। अहिलेसम्म १४ सांसद नेपाल पक्षमा देखिएका छन्। ओली पक्षमा भने १० सांसद मात्रै बसेका छन्।

कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लीलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा एमालेमै बस्ने भएका छन्। बोहरा बाहेक सबै प्रत्यक्ष निर्वाचित सांसद हुन्। नेपाल पक्षमा देखिएका १४ मध्ये सात जना समानुपातिक सांसद छन्।

स्थानीय तहमा हाराहारी

यसअघि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमा ओली र नेपाल पक्ष हाराहारी थिए। अहिले पहाडी सात जिल्लाका जनप्रतिनिधि खुलेका छैनन्।

कैलाली र कञ्चनपुरमा भने जनप्रतिनिधि खुलेका छन्। दुवै जिल्लामा एमालेमै रहनेको संख्या धेरै छ।

कैलाली : ओली पक्ष

गोदावरी नगरपालिका प्रमुख : हरिसिंह साउद

गौरीगंगा नगरपालिकाका प्रमुख : भीम देउवा

गौरीगंगा नगरपालिकाका उपप्रमुख : अञ्चला चौधरी

घोडाघोडी नगरपालिकाका प्रमुख : ममताप्रसाद चौधरी

लम्की चुहा नगरपालिका उपप्रमुख : टीका थापा

टीकापुर नगरपालिका प्रमुख : तपेन्द्र रावल

चुरे गाउँपालिका उपाध्यक्ष : दीपादेवी साउद

कैलालीः नेपाल पक्ष

गोदावरी नगरपालिका उपप्रमुख स् रत्ना कडायत

घोडाघोडी नगरपालिकाका उपप्रमुख स् प्रेमकुमारी थापा

लम्की चुहा नगरपालिका प्रमुख स् महादेव बज्रगाईं

मोहन्याल गाउँपालिका उपाध्यक्ष स् पूजादेवी बुढामगर

चुरे गाउँपालिका अध्यक्ष स् धनबहादुर रोका मगर

कञ्चनपुरः ओली पक्ष

भीमदत्त नगरपालिका प्रमुख : सुरेन्द्र विष्ट

बेल्डाँडी गाउँपालिका अध्यक्ष : धनबहादुर थापा

बेल्डाँडी गाउँपालिका उपाध्यक्ष : कमलादेवी कार्की

पुनर्वास नगरपालिका उपप्रमुख : शारदा विष्ट शर्मा

शुक्लाफाँटा नगरपालिका उपप्रमुख : तुलसी हमाल

कृष्णपुर नगरपालिका प्रमुख : कर्ण हमाल

कृष्णपुर नगरपालिका उपप्रमुख : रमिता राना

बेलौरी नगरपालिका उपप्रमुख : चित्रा चौधरी

दोधरा चाँदनी नगरपालिका उपमेयर : चिनी गिरी

कञ्चनपुरः नेपाल पक्ष

वेदकोट नगरपालिका प्रमुख : अशोक चन्द

पुनर्वास नगरपालिका प्रमुख : जीवन थापा

वेदकोट नगरपालिका उपप्रमुख : सुशीला सिंह (तटस्थ)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति