एकीकृत समाजवादीको पाँच सदस्यीय स्थायी कमिटी

काठमाडौं, ११ भदौ ।  नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी विस्तार गरेको छ नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी विस्तार गरेको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसाल छन् । राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ । ‘तत्काल काम चलाउन यो स्थायी कमिटी कायम गरिएको एकीकृत समाजवादी पार्टीले जनाएको छ ।
नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको छ । एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति