काठमाडौं, ११ भदौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलास छाडेका छन् । आफू समेत विपक्षी रहेको रिटको सुनुवाइका लागि इजलासमा बसेको भन्दै उनले इजलास छाडेका हुन् ।
प्रधानन्यायाधीश राणा अब यो रिटको सुरु र अन्तिम पेशीमा नबस्ने सर्वोच्च अदालत श्रोतले जनाएको छ। आफूमाथि प्रश्न उठेपछि इजलासबाट बाहिरिएर छलफल गरेका न्यायाधीशहरुले अन्तिम सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने जानकारी गराएका हुन्।
अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्नायाधीश समेत विपक्षी रहेको भन्दै उनी इजलासमा बस्न नमिल्ने भनेपछि केहीबेर इजलासमा चर्काचर्की चलेको थियो।
आफू संवैधानिक दायित्वका कारण संवैधानिक परिषदको बैठकमा बसेको भन्दै प्रधानन्यायाधीश भएका कारण इजलासबाट पनि नबाहिरिने बताएका थिए। तर संवैधानिक इजलासका अन्य न्यायाधीशसँगको छलफलपछि उनले बाहिरिने निर्णय लिएका हुन्।
प्रतिक्रिया