एक साताअघि नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसदलाई भारतले फिर्ता पठायो

काठमाडौं, १० भदौ । भारतले अफगानिस्तानकी एक महिला सांसद्लाई फिर्ता पठाएको छ ।टर्कीको इस्तालबुलबाट एक साताअघि भारतको नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसद रञ्जिना कारगारलाई पुनः टर्की फिर्ता पठाइएको हो ।भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कारगार अगष्ट २० मा दुबई फ्लाइटबाट नयाँ दिल्ली आएकी थिइन् ।

फरयाब प्रान्तबाट वोलेसी जिग्राको सदस्यको रुपमा प्रतिनिधित्व गर्दै आएकी उनीसँग कूटनीतिकरआधिकारिक पासपोर्ट छ, जसअनुसार उनले बिना भिसा भारतको भ्रमण गर्न पाउँछिन् ।

सन् २०१० यता कारगार अफगानिस्तानको सांसद रहँदै आएकी थिइन् र उनले सोही पासपोर्टको आधारमा धेरैपटक भारतको भ्रमण पनि गरिसकेकी छिन् । भारतले उनलाई फिर्ता पठाउँदा कुनै कारण भने दिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति