माधव नेपालले एमालेको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएर पार्टी काम नलाग्ने देख्नु आश्चर्यजनक – नेता रावल

काठमाडौँ, १० भदौ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध एउटै मोर्चामा निकै कसिएर लागेको दुई नेता बीच आरोप प्रत्यारोप सुरु भएको छ । केही दिन अघिसम्म घनिष्ट सम्बन्ध रहेका माधव नेपाल र भीम रावलबीच आरोप प्रत्यारोप सुरु भएको हो ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लडाइँ अरुभन्दा चर्का देखिने रावल नेपाललाई छाडेसँगै उनीविरुद्ध आक्रामक बनेका छन् । बिहीबार नेपालले एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले दक्षिणपन्थी भएको बताएका थिए। त्यसको जवाफमा तुरुन्तै रावलले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद गरेका हुन्।

उनले कांग्रेससँग मिलेर पद लिन खोज्नेले एमालेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो भएको टिप्पणी गरेका छन्। एमालेकै महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएर अहिले पार्टी काम नलाग्ने भन्नु आश्चर्य जनक भएको रावलको भनाइ छ।

उनले ट्वीटरमा भनेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेकासँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले)लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो। अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो।’नेपाललाई साथ दिँदै आएका दोस्रा पुस्ताका नेताहरुले १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भन्दै नयाँ पार्टी निर्माणमा उनको साथ छाड्दै ओलीसँग मिल्न गएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति