नेकपा एकीकृत समाजवादीले भन्यो -एमसीसी सम्झौता परिमार्जन गर्नुपर्छ

काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन् ।दल दर्ताले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताए । उनले अघि भने, ‘परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस्, कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् ।’नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् भन्ने मात्र चाहेको अध्यक्ष नेपालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति