दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १३ अर्ब माथिको कारोबार

काठमाडौं, १० भदौ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक बिहीबार १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ ।

कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ । बिहीबार विकास बैंक र हाइड्रोपावर धेरै बढेको छ । हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ । यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०।६४ प्रतिशतले बढेको छ । बाँकी सबै समूहहरु १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति