डेढदर्जन नेतासंग म्याराथुन वार्ता तर उपेन्द्र र बाबुरामलाई वेवास्ता !
काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले ५ दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । सन् २०१७ देखि भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख बनेका चौथाइवालेको यो तेस्रो नेपाल भ्रमण हो । चौथाइवालेको नेपाल भ्रमण प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि र केपी ओलीको बर्हिगमनको चर्चा उत्कर्षमा भइरहेको बेला भएको छ । उनको प्रधानमन्त्री देउवाबाट शुरु भएको भेटघाट माधव नेपालसगको भेटवार्ताबाट म्याराथुन वार्ता सम्मपन्न भएको थियो । दिल्ली फर्किनुअघि बुधवार राति माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपालमा रहंदा विभिन्न दलका नेताहरु संग भेटघाट गरेका विजयले नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको प्रमाणपत्र पाए लगत्तै भेट्न मौका पाएका थिए । एमाले विभाजन गरेर नयां दल बनाएससंगै माधव नेपाल संसदको चौथो ठूलो दलको अध्यक्षको हैसियतमा नेपालले पहिलो विदेशी पाहुनसँग विजय चौथाइवालेसग भेटवार्ता गरे ।
को को संग भेटवार्ता ?
चार दिनदेखि काठमाडौंमा रहेर शीर्ष र दोस्रो तहका नेताहरुसँग सघन संवाद गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा सत्तारुढ विजेपीका विदेश विभाग प्रमुख चौथाइवाले नेपालसँग भेटवार्ता गरेको भोलिपल्ट विहीवार विहान दिल्ली उडेका छन् । उनले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव बिष्णु पौडेल, दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरवहादुर देउवासहित दोस्रो तहका नेताहरु रामचन्द्र पौडेल विमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, प्रकाशरण महतसंग समेत सम्वाद गरेका थिए । कांग्रसकै दुई जना मन्त्रीहरु गृहमन्त्ती बाल कृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटका थिए उनले । तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई भेटेर विजेपीले नेपालका सबै राजनीतिक दलसंग भाइचारा सम्वन्ध राख्न चाहेको बताएका थिए । त्यसो त उनले प्रधानमन्त्री देउवा र मन्त्रीहरुसंग भेटेर अनौपचारिक रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल चाससो र सन्देश सुनाएको एक मन्त्रीले नेपाल पेजलाई बताए । तात्तो नयां दलको मँन्यता पाएको चौथो ठूलो दलका अध्यक्ष माधव नेपाललाई अन्तिममा भेटे। नयां दल बनाएकोमा शुभकामना दिएका थिए । माधव नेपालको पहिले देखि नै चौथाइवालेसंग सम्वन्ध रहेको नेपालका निजी सहयोगीले बताएका छन् । रोचक कुरा के छ भने नेकपामा रहेका बखत माधव नेपालले विदेश विभाग प्रमुखका हैसियतले विजय चौथाइवालेलाई पत्र लेख्दै आफैले विजेपीबाट ठूलो सहयोगको अपेक्षा गरेको बताएका थिए । त्यो बेला माधव नेपालको चिठी प्रकरण नेकपाभित्र विवादको विषय सेत बनेको थियो ।
नवगठिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भने चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे लगत्तै भेटेका थिए । जुन बेला ठाकुरको पार्टीले निर्वाचन आयोगबाट मान्यता समेत पाएको थिएन ।
नेपाली कांग्रेसका १० जना, माओवादी केन्द्रका तीन जना, एमालेका २ जना र माधव नेपाल तथा ठाकुरसमेत १६ जना बढी नेतासंग सम्वाद गरेका चौथाइवालेले जनता समाजवादी पार्टीका अध्यक्ष र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भने भेटेनन् । चौथाइवालेले जसपाका नेताहरुलाई भेटेनन् भन्दा पनि किन विजेपी र भारत सरकार उपेन्द्र र बाबुरा भट्टराईसंग बेखुशी भयो भन्ने विश्लेषण हुन थालेको छ ।
बाबुराम बहिस्करण

बाबुराम भट्टराई र चौथाइवालेको एक आपसमा सोसल मिडियामा समेत आरोप प्रत्यारोप भएको थियो । नेपालको राजनीतिक घटनाक्रममा भारतले विजेपीले हस्तक्षेप गर्दै प्रतिगामी अोली सरकारलाई समर्थन गरेको भन्दै भट्टराई भारतीय दैनिक दि हिन्दुमा लेख लेखेपछि चौथाईवालेले काउन्टर गरेका थिए । त्यस लगत्तै भट्टराईले गगांजलमा कसैले दिशा पिसाव फ्यांकेको र कसैले जल भन्दै सेवन गरेको भन्ने ट्विट गरेपछि पनि चौथाइवालेले भट्टराईको खण्डन गरेका थिए ।
जसपाबाट फुटेर दलको आधिकारिकता नपाउँदै महन्थ ठाकुरलाई भेट्न पुगेका भाजपा नेताले उपेन्द्र यादव र डा।बाबुराम भट्टराईलाई भने बेवास्ता गरे । प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर शुरु भएको उनको राजनीतिक दौडाहा माधव नेपाललाई भेटेपछि सकियो । तर ५ दिनसम्म काठमाडौंमा बस्दा उपेन्द्र र बाबुरामसहित जसपाका कुनै नेतासँग वार्ता नगर्नुको सांकेतिक अर्थ रहेको देखिन्छ ।
भारत जहिले पनि मधेशी दलहरू एक रहुन् र व्यक्तिगत स्वार्थले मधेशवादी दलहरु बिभाजित नहुन् भन्ने चाहन्थ्यो । भारतको इच्छा मधेशवादी दल नेपालमा निर्णायक शक्ति बनोस् भन्ने नै हो । तर विभाजनकै कारण अब मधेशवादी शक्ति नेपालको राजनीतिमा निर्णायक बन्ने अवसर गुमाएको छ ।
मधेशवादी दल विभाजित नहुन् भनेर अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले दल विभाजनमा सहज हुने अध्यादेश ल्याउँदा भारतीय शक्ति केन्द्रले उपेन्द्र यादवलाई उद्दार गरिदिएको उनीहरु बताउँछन् । त्यसबेला उपेन्द्र स्वयंले लैनचौरस्थित दूतावासदेखि दिल्लीसम्म हारगुहार गरेका थिए ।
उपेन्द्रको बेइमानी !
भारतकै चाहनामा उपेन्द्र यादवको उद्दारका लागि तत्कालीन राजपाका अध्यक्षमण्डलका ६ जना अध्यक्षको असहमतिका बीच महन्थ ठाकुरले उपेन्द्रको पार्टीसँग एकीकरण गरेका थिए । त्यसबेला केपी ओलीको डिजाइनमा उपेन्द्रको पार्टीका ९ जना सांसदले अलग पार्टी खोल्ने अन्तिम तयारी गरेका थिए । भारतको मध्यस्तामा राजपा र समाजवादी दलकोको रातारात एकीकरण भएको थियो ।
दिल्लीको मध्यस्थतामा उपेन्द्रको उद्दार गरेका महन्थ ठाकुर नै अन्तिममा पार्टीविहीन अवस्थामा पुर्याउनुमा उपेन्द्रको निर्णायक भूमिका थियो । माधव नेपालका लागि ल्याएको अध्यादेशले महन्थको उद्दारमात्र भएन, महन्थको लागि दिल्लीले पनि देउवालाई कहिँ न कहिँ सहानुभूति राख्न सल्लाह दिएपछि नै २० प्रतिशतले पार्टी विभाजन गर्न मिल्ने अध्यादेश आएको हो ।
उपेन्द्रले जसपा एकीकरणपछि लगातार दिल्लीलाई चिढ्याउने काम गरेको आरोप अर्को पक्षको छ । सरिता गिरीलाई सांसदबाट निकाल्नेदेखि मधेशको माग पूरा गर्न केपी ओली तयार हुँदा त्यसको विपक्षमा लागेर महन्थ ठाकुरहरुलाई कमजोर बनाएको आरोप पनि उनीमाथि छ । त्यस्तै महन्थ र राजेन्द्र महतोलाई साधारण सदस्यबाट समेत निकालेपछि दिल्लीले त्यो कुरालाई ‘सिरियसली’ लिएको चौथाइवालेलाई भेटेका एक नेताले बताए ।
उपेन्द्र–बाबुरामलाई भेटघाटमा बहिस्कार गरेर चौथाइवालेले दिल्लीकलतीनवटा सन्देश दिएका छन् । चौथावाइलेकै भाषामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकसँग बलियो सम्बन्ध राख्न चाहान्छन् र नेपालका सबै राजनीतिक दलसँग घनिष्ठता कायम गर्न चाहान्छन् । मोदीकै सन्देश सुनाएका उनले सबै नेतासँग यही भनेका छन् । तर बाबुराम र उपेन्द्रलाई बेवास्ता गरेर उनले उपेन्द्रका कारण मधेशवादी राजनीति कमजोर भएको र उनले आपत पर्दामात्र दिल्लीलाई सम्झिने र अघिपछि कुटनीतिक सीमा नाघेर व्यवहार गर्ने गरेको घटना निकै महंगो पर्नेछ ।
नेपाली राजनीतिमा भारतसंग निकै राम्रो सम्पर्क भएको दावी गर्ने बाबुराम भट्टराईको सम्वन्ध भनेको कांग्रेस आई निकट खुफिया एजेन्सीका सीमित व्यक्तिहरुसंगको मात्र सम्वन्ध रहेको भारत निकट विश्लेषकहरु बताउंछन् । निकै महत्व राख्नेस समयमा नेपालको भ्रमण गरेका चौथाइवालेले मूलधारका राजनीतिक दलमध्ये जसपलाई मात्र बहिस्कार गरेर सम्वन्ध र सहयोगलाई भारतको कमजोरी नआंक्न अप्रत्यक्ष चेतावनी दिएको अर्थमा बुझ्नु पर्ने भारतको राजदूत भइसकेका एक कुटनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा बताए । ती कुटनीतिज्ञका अनुसार अहिलेको भारत र प्रधानमन्त्री नरेन्द्र मोदीसंगको सम्वन्धलाई भारतीय खुफिया एजेन्सीका एकाध अधिकारीर्सगको सम्वन्ध जस्तोहल्का रुपमा कसैले पनि लिनु हुंदैन ।
मिशन महत्वपूर्ण, दिल्ली खुशी
चौथाईवालेको यो भ्रमणका मिशनमा सफक भएको बताइएको छ । उनले भेटेका मध्ये सवैसंग अत्यन्तै सकारात्मक धारणा पाएको चौथावालेको अनुभूति छ । त्यसमध्ये कांग्रेसनेताहरु भने आगामी आफ्नो महाधिवेशनमा आफ्नो लवीलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने जस्तो आशय व्यक्त गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भने आफू फेरि पनि सडकबाट सबै संग लड्ने मुडमा रहेको निश्कर्ष चौथाइवालेलाई नाएका थिए ।
चौथाइवालेको यो भ्रमणको केन्द्रमा प्रधानमन्त्री देउवाको भावी रणनीतिसंग भारतीय चासाको तादम्यता हुन्छ कि हुंदैन भन्ने थियो । ठिक त्यसै गरी माओवादी केन्द्र विशेष गरी प्रचण्डसंगको भारतको सम्वन्ध कसरी अघि बढाउन सकिएला भन्नेमा केन्द्रित रहेको दिल्ली स्थित विजेपी निकट स्रोतले बताएको छ ।
चौथाइवाले आफैंमा एक उदीयमान सिपालु कुटनीतिज्ञ भएकाले उनको नेपाल भ्रमणको असर केही साताबाटै देखिन शुरु हुनेछ ।
उनले नेपाल भेटेका नेताहरुसंगको फोटो






प्रतिक्रिया