एमाले नेता भीम आचार्यका भाइ मृत भेटिए

मोरङ, १० भदौं । प्रदेश–१ को मुख्यमन्त्री बन्न लागेका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई आज ९बिहीबार० विहान मृत फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो ।

उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ । बिहान १०ः३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो । घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति