काठमाडौँ, १० भदौ । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । केही बेरअघि उनको सपथसमेत सकिएको छ । आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए । आचार्य यसअघि माधव नेपाल गुटमा थिए । नेपालले पार्टी फुटाएपछि उनको साथ छोड्नेहरूको समूहमा उनी पनि थिए । अहिले यो समूह एमालेमै मर्ज भएको छ ।उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो ।
प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त, सपथग्रहण सम्पन्न
प्रतिक्रिया