नेपाल पक्षलाई ओलीको आरोपः घरघरबाट मान्छे तानेर रिसोर्टमा थुनियो

काठमाडौं, ९ भदौ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घरघरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाएका छन् । बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको समेत उनले बताए । एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘घरघरबाट तानियो, ललाइफकाइ लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो । मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो ।’ ओलीले अगाडि थपे, ‘पार्टीको बैठक यस्तो हुन्छ, साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने रु कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति