माओवादी केन्द्रमा नेता महरालाई प्रवक्ताको जिम्मेवारी

काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रले विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेका छन् । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका नेता कृष्ण बहादुर महरालाई पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।यता, यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ भने, संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् ।यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति