तेह्रथुम पावरको आईपीओ भोलिबाट खुल्दै

काठमाडौं, ८ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओको लागि आवेदन माग गरिएको छ । सर्वसाधारणले भोलि बुधबारबाट आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०० रुपैयाँ अंकित आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमा १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी सात लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिने कम्पनीले जनाएको छ।

यो आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति