एसियन कप छनोटको लागि नेपाली टिम घोषणा


काठमाडौं, ८ भदौ ।  २०२२ एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिम मंगलबार घोषणा गरेका हुन्।

बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी बाहिरिएका छन्। जसमा अमिसा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा रहेका छन्।

छनोट प्रतियोगिता आगामी सेप्टेम्बर तेस्रो साता उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।

नेपालले पहिलो खेल फिलिपिन्ससँग १८ सेप्टेम्बर र हङकङसँग २१ सेप्टेम्बरमा खेल्नेछ।

तीन टिम मध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।

नेपाली टिम

अन्जना राना मगर (गोलकिपर), एन्जिला तुम्बापो सुब्बा ९गोलकिपर०, उषा नाथ ९गोलकिपर०, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिराकुमार भुजेल, इन्दिरा राई, मन्जली तामाङ योन्जन, निशा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरू लिम्बू, सिर्जना सिंह रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति