काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, राति ८ बजेपछि पनि गाडी चलाउन पाइने (पत्रसहित)

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार यसअघिको राति ८ बजे पछाडी गाडी चलाउन नपाइने व्यवस्था हटाइएको छ। अब राति पनि गाडी चलाउन पाइने उने बताए । निषेधाज्ञा बारे निर्णय लिनु पहिले जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकपछि मंगलबार नै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग पनि परामर्श गरेर प्रमुख जिल्ला अधिकारीले निर्णय लिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति