माधव नेपालको पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले तोक्यो समय

काठमाडौं,८ भदौ। माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ ।
बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ ।नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति