आधा काम हुनासाथ धरहराको उद्घाटन गरियो – महालेखा

काठमाडौँ, ७ भदौ ।  महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै समयमा काम सकिनेमा आशंका गरेको छ । गत शुक्रवार सार्वजनिक भएको प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ ।

‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भएको कामको भौतिक प्रगति ४५ प्रतिशतमात्रै हो ।’ सरकारले आर्थिक वर्ष २०७२/७३ देखि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सञ्चालन गरेर कोष खडा गरेको थियो । कोषमा २०७७ असार मसान्तसम्म जम्मा ८ करोड ३४ लाख रुपैंया संकलन भएको थियो ।

महालेखाले धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग हुनुपर्छ भनेको छ । पुरातत्व विभागबाट स्वीकृत डिजाइन अनुसार २२ तलाको धरहरा र अन्य संयचनाको निर्माण गर्न ५ अर्ब ४६ करोड ४३ लाखको लागत अनुमान तयार भएको थियो ।

३ अर्ब ८ करोड ११ लाख रुपैंयामा २४ महिनामा काम सकिने गरी २०७५ साल असोज १४ गते सम्झौता भएको थियो ।धरहरा निर्माणका क्रममा २०७६/७७ को अन्त्यसम्ममा एक अर्ब ६८ करोड ९९ लाख खर्च भएको छ । ‘धरहराको उदघाटन भइसके तापनि सञ्चालनमा आएको छैन’ प्रतिवेदनमा भनिएको छ, ‘तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिदैन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति