माधव नेपाल र राष्ट्रपतिबीच डेढ घण्टा भेटवार्ता


काठमाडौं, ७ भदौ । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसाग भेटवार्ता गरेका छन् । सोमबार विहान पौने १२ बजेदेखि पौने २ वजे समम यी दुई नेताका वीचमा भेटवार्ता भएको हो ।

शित्तल निवास स्रोतका अनुसार दुई नेताका वीचमा एमाले विभाजन र पछिल्लो राजनीतिका विषयमा केन्द्रीत रहेर कुराकानी भएको बुझिएको छ । राष्ट्रपति भण्डारीले एमालेभित्रको विवादमा यस अगाडि देखि नै सक्रियता पूर्वक चासो राख्दै आएकी थिइन् ।

नेपाल समुहमै रहेका र अन्तिम अवस्थामा साथ छोडेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे , घनश्याम भुषालहरु एमाले अध्यक्ष केपी ओलीसाग १० वुँदे कार्यदल स्तरमा भएको सहमतिको अक्षरस पालना गर्नुपर्ने अल्टिमेटमका विषयमा निर्णायक छलफल गर्न पुगेका बेला यता राष्ट्रपति भण्डारी र नेपालका वीचमा भेटवार्ता भएको हो ।

ओली प्रधानमन्त्रीमै रहेको र उनलाई विश्वासको मत दिने नदिनेमा निर्णायक छलफल चलिरहेका बेला पनि राष्ट्रपतिले नेपाललाई बोलाएर छलफल गरेकी थिइन् ।

नेपालले दर्ता गरेको दलको सनाखतका लागि निर्वाचन आयोगले भदौं ९ गते नेपाललाई साथ दिने नेताहरुलाई निर्वाचन आयोग बोलाएको छ । त्यो भन्दा अगाडि नेपाल र राष्ट्रपति भण्डारीका वीचमा भएको यो भेटवार्ता निक्कै अर्थपूर्ण मानिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति