लुम्बिनी प्रदेशसभा : एमालेको अवरोधका कारण साढे २ बजेसम्म सभा स्थगित

काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुको अवरोध गरेका छन्।उनीहरूले गत भदौ १ गतेदेखि नै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएका छन्। सोमबार पनि एमाले सांसदहरूले प्रदेश सभा बैठक अवरूद्ध गरेका हुन्।एमाले सांसदहरूको अवरोधपछि प्रदेश सभा बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ। एमाले सांसदहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन्। सभामुख पूर्णबहादुर घर्तीले २ :३० बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।पार्टीको ह्वीप उलंघन गर्ने र निर्णयविपरीत सरकारमा सहभागी भएकी सांसद विमलाकुमारी खत्री वली र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै एमालेले निरन्तर रूपमा लुम्बिनी प्रदेश सभामा अवरोध गर्दै आएको छ।आज बैठक सुरू हुनासाथ एमाले सांसद कुलप्रसाद पोखरेलले सांसद विमला वली विधिवत रूपमा एमालेमै रहेको देखिएको उनलाई हटाउन पत्र पठाइएको भए पनि कार्यान्वयन नभएकोमा ध्यानाकर्षण गराएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति