सभापतिमा सहमति जुटाउदै पौडेल पक्ष : आकांक्षीहरूसँग छलफल गर्दै

काठमाडौँ, ७ भदौ ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका आकांक्षीहरूबीच छलफल भएको छ।वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षमा रहेका शीर्ष नेताहरूबीच छलफल भएको हो।नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता छलफलमा जुटेका हुन्।

काठमाडौंको बत्तिसपुतलीमा सोमबार बिहान छलफल भएको हो। ‘सभापतिमा उठ्ने आकांक्षीबीच छलफल भएको छ,’ स्रोतले भन्यो, ‘पौडेल पक्षबाट सहमतिमै सभापतिमा एक जना मात्रै उठ्ने र क्रियाशील सदस्यतालगायतमा देखा परेका विवाद समयमै हल गर्न दवाव दिन छलफल जारी छ।’

पौडेलसहित उनी पक्षका नेताहरू महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य रामशरण महत पनि सभापतिका लागि आकांक्षी छन्।कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्दैछ। मंसिर ९ देखि १४ औं महाधिवेशन हुँदैछ। अधिवेशनहरू सुरू हुन लागेकोले अब केन्द्रीय नेतृत्व र पदाधिकारीलगायत टिम बनाएर अगाडि बढ्नुपर्नेमा पौडेलसहित नेताहरू छन्।संस्थापन पक्षबाट सभापतिमा फेरि पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा उठ्ने तयारी गरिरहेका छन्। देउवालाई नै सहयोग गर्दै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सभापतिमा उठ्ने दाबी गरिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति