अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा, भियतनाम पनि जाने

काठमाडौँ, ७ भदौ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुगेकी छन्।ह्यारिस आइतबार दिउँसो सिंगापुर आइपुगेकी हुन्।

उनलाई विमानस्थलमा सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णनले स्वागत गरेका थिए। सिंगापुर पुगेपछि उपराष्ट्रपति ह्यारिसले दक्षिण पूर्वी एसिया र एन्डो–प्यासेफिक क्षेत्र अमेरिकाको सुरक्षा र सम्मृद्धिका लागि निकै महत्वपूर्ण भएको बताएकी छन्।

सात दिने दक्षिण पूर्वी एसिया भ्रमणमा आएकी ह्यारिसले सोमबार सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूलाई भेट्ने कार्यक्रम छ।
दक्षिण पूर्वी एसियामा चिनियाँ प्रभाव बढिरहेका बेला त्यसलाई कम गर्न अमेरिकाले पछिल्लो समय यो क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ।
अफगानिस्तानलाई लथालिंग छोडेर अमेरिकी सैनिक फर्किएको बेला उपराष्ट्रपति ह्यारिसले नजिकैका एसियाली मुलुकलाई कसरी अमेरिकी नेतृत्वप्रति भरोसा दिलाउँछन् भन्ने एकिन छैन।

सिंगापुरको भ्रमण सकेर उपराष्ट्रपति ह्यारिस मंगलबार भियतनाम जाने कार्यक्रम छ। अफगानिस्तानको काबुलस्थित अमेरिकी राजदूतावासबाट अघिल्लो साता कर्मचारीहरूलाई हेलिकप्टरले उद्धार गरेको तस्बिरलाई धेरै मानिसले सन् १९७५ मा भियतनामस्थित अमेरिकी दूतावासको उद्धारसँग तुलना गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति