काठमाडौँ, ६ भदौ । श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । पशुपतिमा हातमा डोरो बाध्ने र जनै फेर्नेहरूको भिड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ ।







प्रतिक्रिया