अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता दुखत र खतरनाक – टोनी ब्लेर

काठमाडौँ, ६ भदौ । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लग्नुलाई दुखत खतरनाक र अनावश्यक भनेका छन्।

तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि पहिलो प्रतिक्रिया दिँदै ब्लेरले नेटो राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता हुनुले जिहादी समूहलाई फाइदा पुगेको बताए। ब्लेरले अमेरिकासँग मिलेर सन् २००१ मा अफगानिस्तानबाट तालिवानलाई हटाउने कारवाहीमा बेलायताको नेतृत्व गरेका थिए। उनले अफगानिस्तान बाहिर निस्कन चहाने सबैजनाको उद्धार नभएसम्म बेलायती सेनाले अफगानिस्तान छाड्न नहुने समेत बताए।

ती अफगान नागरिकले हामीलाई सहयोग गरेका छन्। उनीहरु हामीसँगै खडा भएका थिए। अहिले उनीहरुले हाम्रो साथ खोज्नु र हामी उनीहरुसँगै खडा हुनुपर्छ भनेर राखेको माग जायज छु ब्लेरले भनेका छन्। आइतबार बेलायतको रक्षा मन्त्रालयले काबुल विमानस्थलमा भएको भागदौडमा सात अफगानी नागरिकको मृत्यु भएको जनाएको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँबाट पलायन हुन विमानस्थलमा दैनिक सयौं व्यक्ति पुग्ने गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति