सांसदहरुको सनाखतका लागि सभामुखलाई निर्वाचन आयोगले काट्यो पत्र

काठमाडौँ, ६ भदौ ।   माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सोध्ने निर्णय गरेको छ ।

माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो ।

‘आयोगले निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको छ, निर्वाचन आयोगका अधिकारीले भने, ‘सभामुखको जवाफ पर्खिरहेका छौं । बुधबार सनाखतका लागि बोलाइएका त्यसअघि नै संसद सचिवालयबाट पत्रको जवाफ आउने आयोगको अपेक्षा छ ।’

निर्वाचन आयोग स्रोतका अनुसार माधव नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति