लंकाबहादुर हमाल नेकपा एकीकृत समाजवादी कपिलवस्तुको संयोजकमा चयन

काठमाडौँ, ६ भदौ ।पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको कपिलवस्तु संयोजकमा लंकाबहादुर हमाल चयन भएका छन् । जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति घोषणा गरेको हो ।

शिवराज नगरपालिका चन्द्रौटा निवासी हमाल यसअघि नेकपा एमालेको जिल्ला नेता थिए । भेलाले जिल्लामा रहेका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय इन्चार्ज पनि तोकेको छ ।क्षेत्र नं. १ मा नेत्रलाल खनाल, २ मा दिनेश श्रेष्ठ र ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रिय इन्चार्ज तोकेको नेकपा ९एकीकृत समाजवादी० पार्टीले जनाएको छ ।

पार्टीले औपचारिक रुपमा वैधानिकता पाएपछि जिल्ला अधिवेशनमार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी र दक्षिणपन्थी विचलनका कारण तत्कालीन नेकपा र एमाले विभाजित हुन पुगेको भन्दै हमालले माधव नेपालको नेतृत्वमा वृहत समाजवादी केन्द्र निर्माणको दिशामा अघि बढ्ने लक्ष्यसहित नेकपा एकीकृत समाजावादी पार्टीमा आवद्ध भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति