भारतमा पछिल्लो २४ घण्टामा थप ३१ हजार ४३ संक्रमित, ४०१ संक्रमितको मृत्यु

काठमाडौँ, ६ भदौ । भारतमा थप ३१ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ४३ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख २३ हजार ५४९ पुगेको छ । आइतवार विहान सम्म भारतमा ३ लाख ६० हजार १५० जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ४०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ३९९ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति