माधव नेपालको पार्टीलाई छ मन्त्री र दुई सय वढी पदमा नियुक्ति दिन सत्ता गठवन्धन सहमत

काठमाडौँ : नेकपा एमालेबाट विद्रोह गरी गठन भएको माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई सत्ता गठवन्धनले विशेष महत्व दिएर राजनीतिक नियुक्ति तथा सरकारमा हिस्सेदारी दिने भएको छ ।

केपी शर्मा ओलीलाई हटाएर प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा माधव नेपालको जोखिमपूर्ण कदमले निर्णायक भूमिका खेलेको निष्कर्शमा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । माधव नेपालले पार्टी नवानाउंदै राष्ट्रिय सभाको निर्वाचनबाट विशेष महत्व पाएका माधव नेपालले हाल सरकारका नियुक्तिहरुमा प्रथामिकता पाइरहेका छन् ।

संघ र प्रदेश सरकारबाहेक ओली नेतृत्वको सरकारले गरेका करिब एक हजार नियुक्ति प्रक्रिया पुर्‍याएर खारेज गहुने भएका छने ।
ती पदहरुमा कम्तीमा दुई सयदेखि तीन सयस सम्म पद माधव नेपालले पाउने भएका छन् । वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त भएका छन् र शर्मा नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव र माधव नेपाल पार्टी महासचिव रहंद समेत नेपालका नीजि सचिव थिए ।

नेपाल पक्षले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक पनि पाएको छ । नेपालको सिफारिसमा सरकारले नीरञ्जन झालाई महाप्रबन्धक नियुक्त गरेको छ । ‘सत्ता गठवन्धनको कार्यदलमा माधव नेपाल पक्षलाई ६ मन्त्री दिने गरी छलफल भइरहेको एक जना कार्यदलका सदस्यले बताए ।

माधव नेपालकै प्रस्ताव अनुसार उनको पार्टीले बैधानिकता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गत बिहीबार एक कार्यक्रममा नेपालको पार्टी दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । ‘

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति