पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण : २ हजार ३८२ जना निको

काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार ३८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।
हाल सक्रिय संक्रमित ३९ हजार ३ सय २१ छन्।संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ संक्रमित थपिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति