मेसी-नेइमार बिना पीएसजीको उत्कृष्ट जित

काठमाडौँ, ५ भदौ ।  लियोनल मेसी र नेइमार बिनै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ। फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पिएसजीले लगातार तेस्रो जित निकाल्ने क्रममा शुक्रबार राति ब्रेस्टलाई ४–२ ले पराजित गरेको हो। पिएसजीका लागि हरेरा, केलियन एम्बाप्पे, गुआई र एन्जल डि मारियाले गोल गरे। ब्रेस्टका लागि होनोरात र मोउनीले गोल गरेका थिए।

हरेराले खेलको २३ औं मिनेटमा गरेको गोलसँगै पीएसजीले सुरूआती अग्रता लिएको थियो । त्यसको १३ मिनेट पछि एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारे।

पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा होनोरतले ब्रिस्टका लागि गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए।दोस्रो हाफको पनि सुरुआतदेखि नै आक्रमक बनेको पीएसजीले ७३ औं मिनेटमा ग्युएको गोलसँगै अग्रता ३-१ मा लम्ब्याएको थियो।निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा मुनीले ब्रिस्टका लागि गोल गर्दै खेललाई पुनस् २-३ मा छोट्याए। यद्यपि, इन्जुरी समयमा डी मारियाले गोल गर्दै पीएसजीले सहज जित निकाल्यो।यसै सिजन स्पेनिस ला लिगासाइडबाट पेरिस आएका लियोनेल मेसी र सर्जियो रामोस् तथा नेइमार‍ थिएनन्।

यो महिना बार्सिलोना छोडेर पिएसजीमा अनुबन्धित भएका मेस्सीले अझै पिएसजीबाट खेल्न बाँकी छ । कोपा अमेरिकापछि बिदामा गएका मेसी र नेइमारले सिजनअघिको प्रशीक्षण ढिला सुरु गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति