सर्पको डसाइबाट मृत्यु ४५ वर्षीय चौधरी मृत्यु


कञ्चनपुर, ४ भदौ । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ। चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताए ।


एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कनेक्रममा चौधरीलाई बिषालु सर्पले डसेको थियो । सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति