पार्टीलाई एकताबद्ध बनाउन माग-नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी

एमालेलाई एकताबद्ध बनाउन माग
कर्णाली, ४ भदौ । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीमा देखापरेका चुनौतीलाई समान गर्न आग्रह गरे ।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा गम्भीर हुन र खोप अभियानलाई पारदर्शी एवं प्रभावकारी रुपले सञ्चालन गर्न सरकारसँग माग गरेको छ । (रासस)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति